हापुरे बैशाख ०५ गते। बबई गाउँपालिकाका संगै सबै वडामा नेकपा एमालेले जित हासिल गर्ने नेकपा एमालेका नेताहरूले दावि गरेका छन् । नेकपा एमाले बबई गाउँ कमिटी वडा नम्बर १ ले सिमलकुनामा आयाेजना गरेकाे चुनाबी सभालाई सम्बाेधन गर्दै नेताहरूले पछिल्लो समय चुनाव हार्ने डरले पाच दलिय गठबन्धन चुनावी मैदानमा आए पनि राम्रो काम गर्ने पार्टी एमाले भएकाले एमालेले जनता संग गठबन्धन गरेर जित हासिल गर्ने बताएका हुन् ।

नेकपा एमाले वडा नम्बर १ का कमिटी अध्यक्ष प्रेमबहादुर डाङ्गीको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा निर्बाचन क्षेत्र नम्बर ३ “ख” इन्चार्ज भुबनेश्वर पौडेलकाे प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य, टंकराज बिश्वकर्मा बबई गाउँ कमिटी उपाध्यक्ष शारदा शाह, गाउँ कमिटि सचिबालय सदस्यहरु खड्ग कवर,नन्दलाल वली,शालिकराम पौडेल,गाउँ कमिटी सदस्य निमराज डाँगी,नेपाल राष्ट्रीय शिक्षक सङ्गठन बबई गाउँ कमिटी अध्यक्ष खिमबहादुर घर्ती लगायतकाले बाेल्नुभएकाे थियाे ।

उपाध्यक्ष नेकपा एमाले बबई गाउँ कमिटी वडा नम्बर १ का उपाध्यक्ष चन्द्रबहादुर रागुकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमममा नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेस गरेका थिए । केही दिन अघि नेपाली काङ्रेसमा प्रबेश गरेका नेता कार्यकर्ता पुन:एमालेमै फर्कीएका हुन् । कार्यक्रमकाे सञ्चालन वडा कमिटी सचिव रमेश कवरले गर्नुभएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर