
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य जीवन गौतमले पद र पाटीबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । घोराही निवासी गौतमले घोराहीमा पत्रकार सम्मेलन गरी पाटी परित्याग गरेको घोषणा गर्नुभएको हो । दाङका ईन्चार्ज समेत रहनु भएका केन्द्रिय सदस्य गौतमले पार्टी गलत बाटोमा हिँडेकाले पार्टी छाडेको पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले पाटीले कम्युनिष्ट आन्दोलनको मुल्य र सिद्धान्त विपरित क्रियाकलाप गर्दै आएको प्रति आपत्ती जनाउदै उहाले आफू स्वतन्त्र नागरिक सरह जिवन विताउने उद्घोष गर्नुभएको छ ।
आउदो स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट घोराही उपमहानगरपालिकाको मेयरको दावेदार रहनु भएका केन्द्रिय सदस्य गौतमले पाटी गलत बाटोमा हिडीरहेकाले पाटी परित्याग गरेको बताउनुभयो ।२०७४ सालको स्थानिय तहको निर्वाचनमा उहाँ घोराही उपमहानगरपालिकाको मेयरमा चुनाव लड्नु भएको थियो । सत्तागठबन्धन दलले स्थानिय तहमा चुनावी तालमेल गर्ने तयारी गरीरहेका बेला गौतमले पाटी र पदबाट राजीनामा दिनु भएको छ । गौतमको राजीनामाले माओवादी केन्द्रलाई धेरै धक्का पुग्ने एक नेताले बताउनुभयो ।


स्थानिय तह निर्वाचनको मुखैमा आएर पाटीका प्रभावशाली नेताले पाटी छोड्नु दुखद भएको ती नेताको भनाई छ । यस अघि गएको चैतमा नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पुर्व सभामुख कृष्ण बहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । घोराही उपमहानगरपालिकाका नगर कमिटि अध्यक्ष समेत रहेका शर्माले पाटी छाडेको एक महिना पछि फेरी केन्द्रिय सदस्य गौतमले पाटी छोड्नु भएको छ ।