
नेकपा एमाले शान्तिनगर गाउँपालिका वडा न ४ ले आज एक कार्यक्रमका विच शान्तिनगर गाउपालिका वडा ४ जुम्लेकुलामा सम्पर्क कार्यलय उद्घाटन गरेको छ । नेकपा एमाले शान्तिनगर गाउपालिका अध्यक्ष धन वहादुर केसिको अध्यक्षता तथा नेकपा एमाले दाङ जल्ला कमिटि सदस्य विष्णु केसिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अथिति केसिले ब्यानर खोलेर सम्पर्क कार्यलय उद्घाठ्न गर्दै ।
नेकपा एमालेको सरकार हुँदा देशकै वलियो र जनताको माग र मर्मलाई वुझेर जनप्रिय ढंगबाट काम गरेको र अहिले प्रमादेशको गठबन्धन वाट वनेको सरकारले देशलाई अप्ठ्यारो गति तर्फ अघि वढाएको र देश लाई संकट वाट वचाउन लाई नेकपा एमालेको खाचो रहेको भन्दै चुनावि गतिविधि लाई कसिलो वनाएर अघि बढ्नु पर्ने वतानउनु भएको छ ।


कार्यक्रममा नेकपा एमाले शान्तिनगर गाउपालिका वडा नं. ४ का अध्यक्ष तिलक केसि, पुर्व जिल्ला कमिटि सदस्य एकराज डागि , नेकपा एमालेका नेत्रि मिना गिरि लगाएतकाले मन्तब्य राख्नु भएको थियो । शान्तिनगर गाउँपालिका वडा नं.४ कि सदस्य चन्दा सुनारको स्वागत मन्तब्य वाट सुरू भएको कार्यक्रमको सहजिकरण तिलक राम केसिले गर्नुभएको थियो ।