
स्याङ्जाको वालिङ नगरपालिका९१२ डाँडाखर्कमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बिहान १० बजेतिर डाँडाखर्कबाट वालिङका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पद्मराज थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते पाँच जनाको उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी वालिङ पठाइएको छ । जीपमा कति जना थिए भन्ने खुलेको छैन । जीप अनियन्त्रित भएर पल्टिएको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

