नेकपा माओबादी केन्द्र बबई गाउँपालिकाले आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारका लागी ५ जनाको नाम सिफरिस गरेको छ । अध्यक्षका लागी भीम बहादुर वली र तिला राम भन्डारी को नाम सिफारिस गरेको हो । त्यस्तै उपाध्यक्षका लागी डिल्ली बुढाथोकी, अन्जु घर्ति र खुमबहादुर बिकको नाम सिफरिस गरेको छ ।

 

त्यस्तै नेकपा माओबादी केन्द्र शान्तिनगरको हिजो बसेको बैठकले पालिका अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारका लागी ६ जनाको नाम सिफारिस गरेको छ । अध्यक्षमा मोहन वली, गिरीराज बस्नेत र राधिका परियार तथा उपाध्यक्षका लागी गोबिन्द भन्डारी, हिरा खड्का र एकराज बस्नेतको नाम सिफारिस गरेको छ । यद्यपी बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकामा गठबन्धनबाट माओबादी केन्द्रले अध्यक्ष पाउने या उपाध्यक्ष भन्ने टुंगो भने लागिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर