
नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य सावित्री बिश्वकर्माले आसन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेलाई जिताउने गरि लाग्न पेसागत महासंघका सदस्यहरुलाई निर्देशन दिनुभएको छ। पेसागत महासंघ नेपाल तदर्थ समिति बबईको आयोजनामा सम्पन्न प्रशिक्षण तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले आउदो चुनावमा पाँचदलिय गठबन्धनका बिचमा पनि नेकपा एमालेलाई बिजयी गराउने गरि लाग्न निर्देशन दिनुभएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी बिश्वकर्माले एमालेको नेतृत्वमा बनेको स्थानिय सरकारका काम नै एमालेले जित्ने बलियो आधार भएको समेत बताउनु भयो ।


त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथी नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य भुबनेश्वर पौडेलले दाङमा भुमि आयोग गठन हुन नसक्नुको मुख्य कारण नेपाली कांग्रेस र माओवादी केन्द्र रहेको बताउनुभएको छ। कार्यक्रममा बोल्दै पौडेलले दाङमा भुमि आयोग गठन भए बबई गाउँपालिकाले लालपुर्जा बितरण गर्ने र स्थानीय चुनावमा नेकपा एमालेको पक्षमा भोट जाने भन्दै दाङबाट नेपाली कांग्रेस र माओवादी केन्द्रले भुमि आयोगमा पत्र लेखेरै दाङमा आयोग गठन नगर्न भनेको बताउनुभएको हो ।
गठबन्धन सरकारले जतिसुकै जालझेल गरेपनि नेकपा एमालेले चुनाव जित्ने पौडेलले दावी गर्नुभयो । उहाँले नेपाली कांग्रेस र माओवादी केन्द्रले भुमि आयोगमा लेखेर पठाएको पत्रको फोटोकपी आफुहरु संग रहेको हुँदा आवश्यक परे पत्र देखाएरै भए पनि चुनावमा जाने चेतावनी समेत दिनुभयो ।
पेशागत महासंघ तदर्थ समिति बबईका अध्यक्ष जितबहादुर खत्रीको अध्यक्षता, नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य सावित्री बिश्वकर्माको प्रमुख आतिथ्यता, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य भुबनेश्वर पौडेल तथा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
पेशागत महासंघ तदर्थ समिति बबईका सदस्य तेजेन्द्र बहादुर घर्तीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा राष्ट्रिय स्वास्थकर्मी महासंघ दाङ जिल्ला अध्यक्ष सरदराज गीरी, बबई गाउँपालिका वडा नम्बर ३, ४, ५ र ६ का अध्यक्षहरु क्रमशः नन्दलाल वली, टेकबहादुर वली, डम्बरबहादुर श्रीस मगर, र राम बहादुर डाँगी, बबई गाउँपालिकाका प्रवक्ता टंकराज बिश्वकर्मा,नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष दामोदर बस्नेत ,पेशागत महासंघ दाङकि उपाध्यक्ष रमा आचार्य, नेकपा एमाले बबई कमिटी अध्यक्ष जित बहादुर वली लगायतकाले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण जित बहादुर वलीले गर्नुभएको थियो ।