नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । आजको बैठकले महानगर र उपमहानगरको प्रमुख एवं उपप्रमुखको उम्मेदवारको नाम टुङ्गो लगाउने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको पनि मुख्य सचिव पौडेलले बताउनुभयो ।

 

यसअघि हिजो सम्पन्न स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सात ओटै प्रदेश र ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने सहितका ६ निर्णय गरेको छ । साथै सत्ता गठबन्धनको विरुद्धमा नजान मातहतका कमिटीलाई निर्देशन पनि दिएको छ । बैठकमा पार्टी उपसभापति तथा समितिका संयोजक पूर्णबहादुर खड्काले गठबन्धनका बाध्यता बुझिदिन कार्यकर्तालाई आग्रह गर्दै अबदेखि चुनावी तालमेलका विरुद्धमा नबोल्न निर्देशन दिनुभयो । स्थानीय तहको चुनाव आउन अब २७ दिन मात्रै बाँकी रहँदा पनि काँग्रेस नेतृत्त्वको गठबन्धनले उम्मेदवारहरूको टुङ्गो लगाउन नसक्दा अन्यौलता कायमै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर