
पेशागत महासंघ बबई गाउँपालिकाको प्रशिक्षण तथा प्रथम अधिबेशन बैषाख ३ गते शनिबार हापुरेमा हुने भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल निजामती कर्मचारी संगठन, राष्ट्रिय स्वास्थ्य कर्मीमहासंघ नेपालका छाता संगठन पेशागत महासंघ बबईको पहिलो अधिबेशन शनिवार हुन लागेको महासंघ बबईका अध्यक्ष जित बहादुर केसीले बताउनु भएको छ ।
प्रशिक्षण तथा प्रथम अधिबेशनमा पेशागत महासंघको काम कर्तब्य र अधिकारका बिषयमा प्रशिक्षीत गराईने बताईएको छ । अधिबेशनबाट महासंघको आगामी कार्यकालका लागी नयाँ नेतृत्व समेत चयन हुने छ । नेपाल राष्ट्रिय शिक्षक संगठनबाट अध्यक्ष सहित एक सहसचिव र ८ जना सदस्य, नेपाल निजामती कर्मचारी संगठनबाट उपाध्यक्ष सहित १ कोषध्यक्ष र ५ जना सदस्य र राष्ट्रिय स्वास्थ्य कर्मीमहासंघ नेपालबाट १ सचिव सहित ५ सदस्य गरि जम्मा २३ जनाको समिती बन्ने समेत अध्यक्ष केसी बताउनु भएको छ ।


प्रशिक्षण तथा प्रथम अधिबेशनमा पेशागत महासंघ संग सम्विन्धित सम्पुर्ण कर्मचारीहरुलाई अनिवार्य उपस्थित हुन अनुरोध समेत गरिएको छ ।