दाङ सहित देशभर बालबालिकाहरुलाई टाईफाईड विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । १५ महिनादेखि १५ वर्ष मुनिका बालवालिकाहरुमा टाईफाईड रोगको संक्रमण उच्च भएको भन्दै गत चैत २५ गतेदेखी खोप लगाउन सुरु गरिएको हो । सोहि अनुरुप दाङमा पनि बालबालिकाहरुले खोप लगाउन थालेका छन् ।

तुलसीपुर उपमहानगरपालिका ५ बस्ने शान्ता खड्काका नानी बाबुले पहिलो पटक टाईफाईड विरुद्धको खोप लगाउनुभयो । यस अघि पटक–पटक बालबालिकामा टाईफाईडको समस्या हुने गरेमा अब भने संक्रमणबाट बच्न सकिन्छ भने उहामा विश्वास छ ।

 

सरकारले देशव्यापारी रुपमा बालबालिकाहरुलाई टाईफाईड विरुद्धको खोप अभियान सुरु गरेको छ । तर कतिपय अभिभावकले भने यस बारेमा जानकारी नभएको बताएका छन । त्यसैगरी तुलसीपुरका अनिल कवंर मगरले बालवालिकालाई सरकारले निशुल्क रुपमा टाईफाईडको खोप लगाउने अभियानको थालनि गरेको कुरा भर्खरै मात्र सुनेको बताउनुभयो ।

 

उहाँले अब छिट्छै बुझेर आफ्नो बच्चालाई खोप लगाउने बताउनुभएको छ । १५ महिनादेखि १५ वर्ष मुनिका बालवालिकालाई टाईफाईड विरुद्धको खोप लगाउन सुरु गरिएको छ । सोहि अनुसार दाङमा दुई लाख बढि बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अङगद बहादुर शाहीले बताउनुभयो । अहिले सम्म एक लाख ५० हजार बढि बालवालिकाले टाईफाईडको खोप लगाई सकेको उहाँले जानकारी दिनुभयो । अब जिल्ला टाईफाईड खोप लगाउने बालवालिको संख्या ४० हजार रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर