
नेकपा एमालेका जिल्ला सदस्य एवम बबईका नेता प्रेम बहादुर खत्रीले पालिका अध्यक्षका लागि ज्ञान प्रसाद आईतवारेलाई समर्थन गर्ने बताउनु भएको छ । यस अघि पालिका अध्यक्षका लागि आकाङ्क्षा राख्नुभएको खत्रीले आइतबारेलाई सहयाेग गर्ने बताउनुभएको हाे ।


दाङको बबई गाउँपालिकामा आउदाे स्थानिय तहकाे निर्वाचनमा गाउँपालिका अध्यक्षका लागि बर्तमान अध्यक्ष तथा नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य तथा प्रदेश ख का इन्चार्ज भुबनेश्वर पौडेल,बर्तमानपालिका उपाध्यक्ष एबम् नेकपा एमाले केन्द्रीय लेखा आयाेग सदस्य सावित्री बिश्वकर्मा संगै नेकपा एमाले बबईका नेता ज्ञान प्रसाद आईतबारेले पालिका अध्यक्षका लागि आकांक्षा ब्यक्त गर्नुभएको हाे ।
यसअघि ४ जनाकाे आकंक्षा रहेकाेमा खत्रीले आइतबारेलाई सहयाेग गर्ने भन्दै आफ्नाे दावी छाेडे संगै अब ३ जना आकांक्षी रहेका छन् । एमालेबाट पालिका उपाध्यक्षका लागि २ जनाले आकांक्षा ब्यक्त गर्नुभएको छ। नेकपा एमाले बबई गाउँ कमिटीको उपाध्यक्ष शारदा शाह र टेकेन्द्रराज अधिकारीले आकांक्षा ब्यक्त गर्नुभएको छ। यधपी नेकपा एमाले बबईले सहमति खाेज्ने र सकभर सहमतीमै नाम शिफारिस गर्ने प्रयास गरिरहेकाे छ।