
नेपाल राष्ट्रीय शिक्षक सङ्गठन बबईले गाउँपाललिका अध्यक्ष सहित ५ जनालाई सम्मान गरेकाे छ। ४३ औ शिक्षक दिवसकाे अवसरमा हापुरेमा एक कार्यक्रम का बिच बबई गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा निर्वाचन क्षेत्र नम्बर ३ ख कि इन्चार्ज भुवनेश्वर पाैडेल, जनकल्याण मावी पदमपुरका प्र.अगणेश केसि,पेशागत महासंघ दाङका सदस्य डम्बर चन्द र नरेन्द्र सारु,पेशागत महासंघको जिल्ला सदस्य लालबहादुर कवर, लाई खादा र अबिर लगाएर सम्मान गरिएको हाे ।
नेपाल राष्टिय शिक्षक सङ्गठन बबईका अध्यक्ष खिमबहादुर घर्ती काे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष पौडेलकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे । नेपाल राष्टिय शिक्षक सङ्गठन बबईका उपाध्यक्ष लिलाबहादुर केसीकाे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा , नेकपा एमाले बबई गाउँ कमिटीको उपाध्यक्ष, शारदा शाह संगठनकम उपाध्यक्ष गणेश केसी,पेशागत महासंघ बबईका अध्यक्ष जितबहादुर केसी लगायतकाले बाेल्नु भएको थियाे । कार्यक्रमकाे सहजिकरण सचिब खम्बबहादुर रावलले गर्नुभएको थियाे ।