
बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले बबई गाउँपालिकामा एउटा दम्कल र सर्पदंस उपचार केन्द्रकाे आवश्यकता रहेको बताउनु भएको छ। बबई गाउँपालिका बिपद् ब्यबस्थापन शाखाकाे आयाेजनामा बबई गाउँपालिकाकाे हापुरेमा आयाेजित २ दिने बबई गाउँपालिकाकाे बिपद् जाेखिम बस्तीहरुकाे पहिचान तथा अभिमुखीकरण कार्यक्रमकाे समापन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हाे ।


बबई गाउँपालिकाकाका अध्यक्ष भुवनेश्वर पाैडेलकाे अध्यक्षता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मल्लकाे बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा जाेखिम प्रभावित क्षेत्रहरुकाे पहिचान,नक्साङ्कन,तथा आगामी कार्ययोजनाका बिषयमा छलफल भएको थियाे । बिपद ब्यबस्थापन समितिका सदस्य सचिव भुवन चन्द वालान क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा नेपाल रेडक्रस साेसाईटी पञ्चकुले उपशाखाका शभापती जुद्दबिर खाम्चा,हापुरे उध्याेग बाणिज्य संघका अध्यक्ष टिकाराम खत्री रेडियो हापुरेका कार्यालय प्रमुख रामप्रसाद सुवेदी वडा नम्बर ७ का वडा अध्यक्ष महावीर चाैधरी लगायतकाले बाेल्नु भएकाे थियाे ।
कार्यक्रममा बबईका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधि,नेपाल रेडक्रस साेसाईटीका अध्यक्ष,जनप्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख, इलाका प्रहरी कार्यालय हापुरेका प्रहरी प्रमुख केशवराज रेग्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियाे ।