चैत्र २४ । सरकारले देश भरिका १५ महिना देखि १५ बर्ष सम्मका बालबालिकालाई टाईफाइड बिरुद्धको खोप लगाउदै छ । सोही अनुसार बबई गाउँपालिकामा पनि भोलि २५ गते देखि खोप अभियान सन्चालन हुँदै छ ।

खोप अभियानको तयारी स्वरुप आज हापुरे प्राथमिक अस्पताल बबई ४ हापुरेमा सरोकार वाला बिच अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा टाईफाइड रोगका लक्षणको बिषयमा छलफल भएको थियो । टाईफाइड रोग खोपले मात्र निर्मुल नहुने भएकाले ब्यक्तिगत दैनिकि र खानपानमा विशेष ध्यान दिनु पर्ने अस्पतालका प्रमुख डा. सन्दिप सर्माले बताउनु भयो ।

हापुरे अस्पतालले चैत्र २५ र २७ गते माबी पदमपुरमा, चैत्र २७ र २८ गते पिपुल्सल्याण्ड बोडिङमा, २९ गते ग्रेट आइडियलमा, चैत्र ३० गते आबि हस्तनापुर र प्रगतिशील आबिमा र बैशाख २ गते हापुरे प्राथमिक अस्पतालमा खोप अभियान सन्चालन हुने अस्पताल स्रोतले बताएको छ । खोप अभियानमा सबैले आफ्ना बालबालिकालाई उपस्थित गराईदिन अनुरोध समेत गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा अस्पताल ब्यबस्थापन समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयमसेबिका, अस्प्तालका कर्मचारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर