
२४ चैत्र । बबई गाउँपालिकामा उपाध्यक्ष संग दम्पत्ती सम्बन्ध सुधार कार्यक्रम अन्तरगत एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
दाम्पत्य जिवनमा आउने समस्या के हुन सक्छ ? यसलाई रोक्न के के गर्नु पर्छ ? यस बिषयमा स्थानीय सरकार, समाज र स्वयमको कस्तो भुमिका खेल्न सक्छ र यसले समाज र परिवारमा कस्तो असर पार्छ भन्ने बिषयमा अन्तरक्रिया भएको दलित सेवा संघका कार्यक्रम अधिकृत छवि परियारले बताउनु भएको छ ।

बबई गाउँपालिकाको आर्थिक सहयोग तथा दलित सेवा संघ दाङको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रम बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष साबित्रा विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
दलित सेवा संघका जानका विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, ईप्रका हापुरेका प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रकेको थियो । कार्यक्रमको सहजीकरण निर्मल नेपालीले गर्नु भएको थियो ।