
२२, चैत ।
बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा सत्ता गठबन्धन दलले दाङमा दशपालिका सहित सम्पूर्ण वडा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । दाङको घोराहीमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

आगामी बैशाख ३० गते हुने निर्वाचन सफल पार्ने उदेश्यले बैठक बसेको हो । चुनावी कार्यदलले गरेको उक्त निर्णयलाई जिल्ला गठबन्धन समितिमा पठाउने र त्यो गठबन्धन समितिले सदर गरेर अघि बढ्ने नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आर्चायले जानकारी दिनुभयो ।
कांग्रेसका दाङका सभापति शंकर प्रसाद डाँगीको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका संयोजक सुवास पुन ,नेकपा एकिकृत समाजबादी पार्टीका सुरामणी बेल्बासे, जनता समाजवादीका होमप्रसाद शर्मा ,राष्ट्रिय जनमोर्चाका गणेश आर्चायको उपस्थिती रहेको थियो । स्थानिय तहको निर्वाचनका गठबन्धन गरेर जाने विषयमा सबै स्थानिय तहमा छलफललाई तीव्र पारिएको छ ।