
रामप्रसाद सुवेदी,चैत २२ ।
बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले पत्रकारहरुले राम्रो कामको प्रशंसा संगै नराम्रो कामको खबरदारी गर्नु पर्ने बताउनु भएको छ । प्रेस चौतारी दाङले बबई गाउँपालिकाको हापुरेमा आयोजना गरेको २ दिने आधारभुत तालिम समापन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले स्थानिय सरकारले गरेका राम्राकाम को प्रशंसा गर्दै नराम्रा कामहरु भएको भए त्यसको खबरदारीले जनप्रतिनिधीलाई सचेत गराउने बताउनु भएको हो ।


उहाँले समाजलाई सहि दिशातिर लैजान पत्रकारहरुको महत्वुर्ण भुमिका हुने बताउदै सकारात्मक होस या नकारात्मक सबै कुराको खबर दारी गरिरहे सबै सचेत हुने बताउनु भयो । प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष ईन्द्र डिसीको अध्यक्षता तथा बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यता एवम प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सबिन प्रीयासनको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश आचार्य, बबई गाउँपालिकाका प्रबक्ता टंकराज बिक लगायतकाले कार्यक्रममा बोल्नु भएको थियो । कार्यक्रमको ससहजिकरण प्रेस चौतारी नेपालका दाङ शाखा बरिस्ठ उपाध्यक्ष प्रेम बहादुर राम्जाले गर्नुभएको थियो ।
यसैबिच बबई गाउँपालिकामा हिमाल खड्काको संयोजकत्वमा ९ सदस्यिय पालिका स्तारिय कमिटी गठन गरिएको छ । जसको सचिवमा राम प्रसाद सुबेदी रहनु भएको छ । त्यस्तै सदस्यहरुमा पवित्रा कुवर, दुर्गा घर्ती, चन्द्रा वलि, कृष्ण बिश्वकर्मा, सुहाना सुनार, डम्बर पुन मगर र डिल्ली चौधरी रहनु भएको छ । प्रेस चौतारीले आगामी निर्वाचनमा एक वडा एक पत्रकार परिचालन गर्ने योजना बनाएको छ ।