
२२ चैत।
दाङको बबई गाउँपालिकाको स्वास्थ शाखाले पालिका भित्रका ९ हजार ८ सय ८५ जना बालबालिका लाई टाईफाईड रोग बिरुद्धको खोप लगाउने लक्ष्य राखेको छ। बबई गाउँपालिका स्वास्थ शाखाको आयोजनामा आज हापुरेमा आयोजित टाईफाईड खोप सम्बन्धि पालिका स्तरिय १ दिने अभिमुखिकरण कार्यक्रममा बबई गाउँपालिका स्वास्थ शाखा प्रमुख हेमराज वलिले आउदो चैत्र २५ गतेदेखि सुरु हुने खोप कार्यक्रममा पालिका भित्रका १५ महिना देखि १५ बर्ष उमेर समुहका ९ हजार ८ सय ८५ जना बालबालिकालाई टाईफाईड रोग बिरुद्धको खोप लगाउने लक्ष्य राखीएको बताउनुभयो ।


बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा ७ वटै वडाका वडा अध्यक्ष, स्वस्थ्यकर्मी, सुरक्षा कर्मी पत्रकार लगायतको उपस्थिति थियो भने । स्वास्थ शाखा प्रमुख वली र उप प्रमुख सरदराज गिरिले खोप सम्बन्धि सम्पूर्ण जानकारी गराउनु भएको थियो । यो खोप सुरक्षित र प्रभावकारी रहेकोले खोप कार्यक्रममा सबै बालिकालाई अनिवार्य सहभागी हुन पनि प्रमुख गरिरिले अनुरोध गर्नुभयो ।