प्रेस चौतारी नेपाल शान्तिनगर गाउँपालिकाको संयोजकमा हिमाल विक चयन हुनुभएको छ। बबई गाउपालिकामा आयोजित दुईदिने आधारभुत पत्रकारिता तालिमको समापन कार्यक्रममा बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकामा पालिका स्तरिय कमिटी गठन गरिएको थियो । शान्तिनगर गाउँपालिकामा विक को संयोजकत्वमा ९ सदस्यीय समिती गठन गरिएको हो । समितिको सचिवमा मोहन विक रहनु भएको छ । त्यस्तै सदस्यहरुमा मनविर रिजाल,पुर्ण कुसारि , विनोद केसि , गणेश वलि , देववहादुर वलि , कुमार यरि , चित्र वहादुर केसि रहनु भएको छ।

 

प्रेस चौतारी नेपालको एक वडा एक पत्रकार अभियानलाई सार्थकता दिन पछिल्लो समय प्रेस चौतारीले पालिका स्तरमा समिति निर्माणकार्य लाई तिव्रताका दिएको छ। बंबई गाउपालिकामा ‌ प्रेस चौतारि दाङ साखाले दाङ बंबई गाउपालिका हापुरेमा आयोना गरेको २ दिने आधारभुत पत्रकारिता तालिमको उत्साह र सफल्ता पुर्वक समापन भएको छ । तालिममा बंबई गाउपालिकाका २३ जना र शान्तिनगर गाउपालिकाका १० जनाको सहभागी भएका थिए । प्रेस चौतारि दाङका अध्यक्ष ईन्द्र डिसि को अध्यक्षता , बंबई गाउपालिका अध्यक्ष भुवनेश्वर पौड्यलको प्रमुख आथित्यता , र प्रेस चौतारि नेपालका केन्द्रीय सदस्य सविन प्रियासनको विसिष्ठ आथित्यतामा बंबई गाउपालिका प्रवक्ता टंक वि क , प्रेस चौतारि नेपालका केन्द्रीय सदस्य गणेश आचार्य लगाएतकाले मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण प्रेस चौतारि दाङका उपाध्क्ष प्रेम वहादुर राम्जाले गर्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर