शान्तिनगर, २१ चैत ।

नेपाली कांग्रेस शान्तिनगर गाउँपालिकामा आउदो स्थानिय तहको निर्वाचनमा अध्यक्ष पदको उमेदवार बन्न धेरै आकांक्षी देखीएका छन् । कांग्रेसको चिराघाटमा भएको ४ नम्बर वडा भेलामा सभापति झलक केसि, गाउँपालिका वर्तमान अध्यक्ष कमानसिंह डाँगी, प्रमोद बस्नेत, कुल बहादुर खड्का , बलराम कंडेल, मदन कुमार लामिछाने , खिम प्रसाद खराल, शशीधर केसि र फर्साराम डाँगीले अध्यक्ष पदको उमेदवार हुने आकांक्षी व्यक्त गरेका छन् । आउदो बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा उनीहरुले टिकटका लागी आ-आफनो दावी गरेका छन् ।

यस्तैगरी उपाध्यक्षमा वर्तमान उपाध्यक्ष मिथिला शाह सहित प्रेमा के सि , सीता पोख्रेल , सरिता केसि , रजनी शाह, बिपना रोका, लालमती सापकोटा , नन्दकलि बिक, टोपेन्द्रा खडका, पार्बती पुन, बिना भन्डारी र सरस्वती कंडेलले उमेदवार आफु बन्ने आकांक्षी देखाएका छन् । वडा सभापति चेत बहादुर डाँगीको अध्यक्षता एवं जिल्ला सदस्य सुरेन्द्र शाहको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाको सहजीकरण सचिव हेमन्त डाँगीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर