
गाेबिन्द बिक ,२१ चैत ।
बबई गाउँपालिकामा चुनावि सरगर्मी सुरु भएको छ । सबै पार्टिहरुले आफ्ना चुनावी कार्यक्रमहरु दैनिक जसो गरिरहेका छन् । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा राजनितिक दलहरुले आफ्ना राजनितिक क्रियाकलापहरुलाई दैनिकरुपमा अगाडि बढाई रहेका छन् । यसैक्रममा नेकपा एमाले बबई गाउँपालिका ४ वडा कमिटिले वडा भित्रका ६ वठा टोलमा टोल स्तरिय चुनावी सम्पर्क कार्यालय स्थपना गरेको छ । वडा कमिटिले वडाका बिद्यानगर टोल, सुर्यनगर टोल, गंगालाल मार्ग, कंचनपुर, सुन्दरखाल र चन्द्रनगर टोलमा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको हो ।

नेकपा एमले बबई ४ का अध्यक्ष नारायण परियारको अध्यक्षता तथा नेकपा एमाले क्षेत्र नम्बर ३ (ख) र बबई गाउँपालिकाका ईन्चार्ज भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यता एवम नेकपा एमालेका जिल्ला सदस्य प्रेमबहादुर खत्री, एमाले नेता टेकबहादुर वली, देबिलाल बुढा लगायतकाको उपस्थीतीमा सम्पर्क कार्यालयहरुको स्थापना गरिएको बताईएको छ । स्थानिय तहको निर्वाचनलाई लक्षित गरि स्थापना भएका टोल स्तरिय कार्यालयबाट चुनावि कार्यक्रमहरु सञ्चालन गरिने बताईएको छ ।