
१९ चैत्र ।
नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ सय ४२ मा झरेको छ । गत २४ घण्टामा ९० जना सङ्क्रमित निको भएसँगै कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ९ सय ४२ जनामा झरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३ सय ६० जनाको परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको छ ।


यस्तै ५६ हजार ९ सय ९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो सँगै कुल जनसङ्ख्याको ६५ दशमलव ६ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जानकारी दिएको छ । ७५ दशमलव ५ प्रतिशतले भने एक मात्रा खोप लगाएका छन् ।