
नेकपा एमाले बबई गाउँपालिका वडा नं. ४ वडा कमिटिको तयारी बैठक सम्पन्न भएको छ । बैठक नेकपा एमाले वडा नम्बर ४ का अध्यक्ष नारायण परियारको अध्यक्षता तथा नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ (ख) का ईन्चार्ज भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।

बैठकबाट चैत्र २३ गते सम्म वडाका सबै टोलमा टोल स्तारिय चुनावी सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय भएको वडा अध्यक्ष परियारले बताउनु भयो । त्यस्तै बैठकले आगामि बैषाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी वडाका उम्मेदवारको सफिारिस चैत्र २७ गते सम्म गर्ने निर्णय भएको बताईएको छ ।
बैठकमा बोल्दै नेकपा एमालेका नेता भुवनेश्वर पौडेलले नेकपा बबई गाउँपालिकामा नेकपा एमालेको बलियो सम्भावना भएको बताउदै एमालेको जित निश्चित भएको भएपनि सबै पार्टि कार्यकर्ता चुनावी कार्यक्रममा लाग्नु पर्ने बताउनु भएको छ । आउदो चुनावमा एमालेका बिरुद्ध ५ दलिय गठबन्धन आएको बताउदै कडा प्रतिशपर्धाका बिच एमालले बिजय हासिल गर्ने समेत नेता पौडेलले बताउनु भयो ।