
बबई गाउँपालिकाले हापुरेका मान्ता खत्रीलाई आर्थिक सहयोग गरेको छ । रुखबाट लडेर घाईते भएका खत्रीलाई बबई गाउँपालिकाको कार्यपालिकाको निर्णय अनुसार आर्थिक सहयोग गरिएको छ । गाउँपालिकाको तर्फबाट खत्रीको उपचारका लागी बिस हजार रुपैयाँ गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले घाइतेका परिवारलाई हस्तान्तरण हस्तान्त्रण गर्नु भएको हो ।


गत माघ ९ गते आफ्नै घर छेउमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते हुनुभएका खत्रिको मेरुदण्ड भाचिएको छ । उहाँको मेरुदण्डको अप्रेसन द्धारा उपचार गरिएको भएपनि हाल उहाँको कम्बर देखि तलको भाग नचल्ने भएको उहाँकि श्रीमती रामकली खत्रीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएको भन्दै उहाँले सहयोग गरिदिन आग्रह समेत गर्नुभयो ।
रकम हस्तान्त्रण गर्दै अध्यक्ष पौडेलले घाईते खत्रीको उपचारमा सहयोग गरिदिन सबैमा आग्रह गर्नु भएको छ । समाजमा एकलाई पर्दा अर्कोले सहयोग गर्नु सामाजिक धर्मको कुरा भएको बताउदै अध्यक्ष पौडेलले परेको बेला सबैले सहयोग गर्नु पर्ने बताउनु भएको छ ।