राम प्रसाद सुवेदी,१२ चैत ।
बाघमारे सहकारी संस्था लिमिटेड हापुरेको १५ ओैं साधारण सभा दाङको बबई गाउँपालिकाको हापुरेमा सम्पन्न भएको छ। बाघमारे सहकारी संस्था लिमिटेड हापुरेका अध्यक्ष चुडामणि कडेलको अध्यक्षता तथा बबई गाउँपालिका उपाध्यक्ष शाबित्रा बिश्वकर्माको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सहकारी केन्द्र तुलसीपुर शाखा प्रवन्धक अजय रोकाएको बिशिस्ट आतिथ्यतामा शाधारणसभा सम्पन्न भएको हो ।

संस्थाका सचिव दिल बहादुर वलीले सञ्चालन गरेको साधारणसभामामा नेपाली कांग्रेस बबई प्रतिनिधि पर्सराम भुसाल, सबैभन्दा पुराना सेयर सदस्य नन्दलाल रावत,चेम्बर अफ कमर्स हापुरेका प्रतिनिधि सन्तबिर सुनार,हापुरे उधोग बाणिज्य संघका अध्यक्ष टिकाराम खत्री, जनमुखी बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था हापुरेका अध्यक्ष बिकाशराज बालान क्षेत्री,रेडियो पाठशाला तुलसीपुरका संचालक समिति अध्यक्ष गोपाल रावत, बबई गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष नन्दलाल वली,नेकपा माओवादी केन्द्र बबई प्रतिनिधि तिलाराम भण्डारी लगायतकाले सुभकामना मन्तब्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष चुडामणी कडेलले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने ब्यबस्थापक दुर्गा बहादुर केसीले आर्थिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अवसरमा ५ वटा समूह र १० जना सेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भनिएपनि माईन्युट लेखन प्रतिनिधि छनौट गरि सम्पूर्ण अधिकार त्यसै समितिलाई दिने गरि साधारणसभा सम्पन्न भएको छ। अब नयाँ नेतृत्वको बिषयमा यसै समितिले छलफलग गरि निर्णय गर्ने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर