
११, चैत ।
बबई गाउँपालिकाको हापुरेमा सञ्चालन हुन लागेको १४औं राष्ट्रपति रनिङसिल्डको तयारी पुरा भएको छ । बबई गाउँपालिका यूवा तथा खेलकुद परिषदको आयोजनामा चैत १२ गते शनिवारबाट सुरु हुने रनिङसिल्डको तयारी पुरा भएको परिषदका सदस्य सचिव नरेन्द्रलाल भारतीले बताउनु भएको छ ।


बबई गाउँपालिकाका ९ वडा माद्यामिक बिद्यालयको सहभागिता हुने रनिङसिल्डमा यथ्लेटिक्स, भलिवल, खोखो, कपर्दि लगाएतका खेलकुद हुने बताईएको छ । प्रतियोगिता चैत्त १४ गते सम्म चल्ने बताईएको छ । रनिङसिल्ड प्रतियोगिता शनिवार दिउसो १२ वजे उद्घाटन गर्ने गरि तयारी पुरा गरिएको सदस्य सचिव भारतीको भनाई छ । कार्यक्रमको उद्घाटनमा बिद्यालयका मार्चपास, झाँकीको प्रदर्शन हुने बताईएको छ ।