
११, चैत ।
नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा पुर्ब सामान्य प्रशासन मन्त्री रेखा शर्माले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि संविधानमा उल्लेख भएपनि कार्यान्वयन नभएको बताउदै प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्न माओवादी केन्द्रलाई विजय गराउनु पर्ने बताउनु भएको छ । उहाँले नेकपा माओबादी केन्द्र शान्तिनगरको आयोजनामा शुक्रबार आयोजना भएको गाउँपालिका स्तरिय राजनितिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । नेता शर्माले संविधानमा उल्लेख उपलब्धीको कार्यान्वयका लागी पनि निर्वाचनमा माओबादी केन्द्रको जित आबस्यक भएकाले सबै नेता तथा कार्यकर्ता त्यस तर्फ लाग्न अनुरोध गर्नु भयो ।


कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा युवा नेता धन बहादुर मास्कि (राजेश) ले स्थानिय तहको निर्वाचन नजिकिएकाले सबै शक्ति त्यस तर्फ केन्द्रित हुनु पर्ने बताउनु भएको छ । नेता मास्कीले स्थानिय तहको निर्वाचनमा माओबादी केन्द्रको जित सुनिस्चित गर्न सबै नेता तथा कार्यकर्ता ईमान्दार भएर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा माअेबादी नेताहरु कुबेर ओलि, केन्द्रिय सदस्य नारायणी शर्मा, लुम्विनी प्रदेश सदस्य भीमबहादुर वली लगाएतकाले बोल्नु भएको थियो । माओबादी केन्द्र शान्तिनगरका अध्यक्ष नेब बहादुर रोकाको अध्यक्षता तथा केन्द्रिय सदस्य रेखा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन पिमलाल ओलिले गर्नु भएको थियो ।