
राम प्रसाद सुवेदी, ११ चैत ।
दाङको बबई गाउँपालिकाको हापुरेमा रुखबाट लडेर घाईते भएका मान्ता खत्रीलाई आर्थिक सहयोग गरिएको छ । नेपाली कांग्रेस बबईको पहलमा नेपाली कांग्रेस बबईका नेता चन्द्र बहादुर वली र राम प्रसाद बिकको को सकृयतामा संकलन भएको भएको जम्मा रकम १८ हजार ८ सय ५५ रुपैयाँ घाइतेका परिवारलाई हस्तान्तरण गरिएको हो ।


गत माघ ०९ गते आफ्नै घर छेउको रुखबाट घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते हुनुभएका खत्रिको मेरुदण्ड भाचिएको थियोे । उहाँको मेरुदण्डको अप्रेसन द्धारा उपचार गरिए भएपनि हाल उहाँ कम्बर देखि तलको भाग नचल्ने भएको उहाँकि श्रीमती रामकली खत्रीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएको भन्दै उहाँले सहयोग गरिदिन आग्रह समेत गर्नुभयो ।
नेपाली कांग्रेसका क्रियाशिल सदस्य समेत रहेका खत्रिको आर्थिक अवस्था पनि कम्जोर भएका कारण थोरै भए पनि आफ्ना कार्रयकर्ताको घाउमा मलम लागोस भनेर आर्थिक सहयोग गरिएको नेपाली कांग्रेस बबईले जानकारी दिएको छ । घाईते खत्रीको उपचारमा सहयोग गरिदिन सबैमा आग्रह गरिएको छ।