९ चैत्र ।
तुलसीपुर १५ कोठरीमा ३ दिने कानुनी सचेतना तथा मनोसामाजिक परामर्श सम्बन्धि तालिम आजबाट सुरु भएको छ । वडाका स्वास्थ्य स्वयंसेबिका र आमा समुहका सदस्यहरुलाई दिईने तालिम बुधबार सुरु भएको हो ।

 

तुलसिपुर उपमहानगरपालिकाको आर्थिक सहयोग तथा दलित कल्याण संघ दाङको आयोजनामा संचालित कानुनी सचेतना तथा मनोसामाजिक परामर्श सम्बन्धि ३ दिने तालिम उद्घाट्न संस्थाका सचिब सन्तोष चनाराको अध्यक्षता तथा वडा अध्यक्ष लक्ष्मण चौधरीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

संस्थाका सदस्य जिबनी बिकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा १५ नम्बर वडाका स्वास्थ प्रमुख पुर्ण बहादुर घर्ती, प्रशिक्षक सिन्धु हमाल, जया पान्डे लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण जानकी बिश्वकर्माले गर्नु भएको थियोे । स्वास्थ्य स्वयंसेबिका तथा आमा समुहका गरि जम्मा ४० जनाको सहभागिता रहेको तालिम आगामी चैत्त ११ गते सम्म चल्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर