९ चैत ।

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ । पूर्व– पश्चिम राजमार्गको लमही नगरपालिका वडा नम्बर १ कौडियामा लु ५ प ४९८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाईते भएका छन् ।

 

मोटरसाइकल चालक लमही नगरपालिका ३ बस्ने ३१ बर्षका किसन चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्युभएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सोही मोटरसाइकको पछाडी सवार कपिलबस्तु जिल्ला त्रिपुरा नगरपालिका ८ का २८ बर्षिय विरेन्द्र यादब गम्भिर घाईते हुनुभएको छ । घाईते यादवको बुटवलमा उपचार भैरहेको प्रहरीले बताएको छ । भालुबाङ देखि लमही तर्फ आउने क्रममा मोटरसाइकल मंगलबार राती दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर