८ चैत्र ।

पश्चिमदाङमा एक बृद्ध महिला मृत अवस्थामा फेला परेकी छन् । शान्तिनगर ६ कोर्वाङको नर्सरी कुला नजिकै बबई ७ रावतरा निवासी ६५ बर्षीया गंगी कवर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख नविन चुदाली मगरले जानकारी दिनुभयो । घरबाट कोर्वाङ खेतमा काम गर्न आएकी कवर आज दिउँसो २ बजे तिर मृत अवस्थामा फेला परेकी हुन् ।

 

मृतक कवरको अनुहारको ४, ५ स्थानमा हसियाँले खोपेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख चुदाली मगरले बताउनुभयो । शव नजिकै हसियाँ भेटिएकोले हसियाँ खोपेर मारेको हुन सक्ने प्रहरीले बताएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर