८ चैत । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गर्नु भएको छ।

 

मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गर्नु भएको छ । अभिनेत्री करिश्मा मानन्धर तत्कालिन नयाँँ शक्ति पार्टीबाट राजनीतिमा लाग्नु भएको थियो । पछिल्लो समय उहाँ राजनीतिमा निष्क्रिय रहदै आउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर