
८ चैत्र ।
पहिला लाग्थ्यो हेर्नुस “आलु कसरी फल्छ, कसरी फलाउँछन होला, अहिले म एक सिजनमा ७० देखी ८० क्विन्टल आलु उत्पादन गरि विक्री गर्र्छु” ।
एउटा नेपाली भनाई छ “गरे हुन्छ, छरे पाक्छ” । पक्कै पनि जिवनमा सफलता हासिल गर्न लगनशिल, मेहनत र धैर्यता चाहिन्छ । लगातारको मेहनेतले नै मानिसलाई सफल बनाउँछ ।
ववई गाउँपालिका वडा नं ७ झारगजेरी बस्नु हुन्छ रामशरण थारु । रामशरण थारु एक तरकारी व्यवसायी हुनुहुन्छ । अहिले उहाँले १ विघा क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ । थारु आफू एक उदाहरणीय पात्रको रुपमा परिचीत हुनु भएको छ ।
वि.स.२०२१ सालमा जन्मिनु भएका थारु, बिभीन्न ठाँउमा गरेर जिवनमा १२ वर्ष कमैया बसेको समेत बताउनु भयो । सानो छँदा त खुव दुःख पाइयो हेर्नुस, अहिले मैले मिहेनत पौरखले धेरै मानिसहरुलाई तरकारी खुँवाएको छु थारुले भन्नुभयो । मलाई यी तरकारीको बिरुवा देखे खुव माँया लाग्छ, म दिनभर यही बारीमा नै विताउँछु थारुले भन्नुभयो ।


थारुले सिजन अनुसारको तरकारीहरु आलू, गोवी, काउँली, टमाटर, भिन्डी,करेला, लौका, बोरी, प्याज, गाँजर, सागहरुका साथै बमौसमी तरकारी पनि खेती गर्ने गरेको बताउनुहुन्छ । आफुले उत्पादन गरेको तरकारी तुलसीपुर, हापुरे अनि गाउँघरतिर छिटुवामा बोकेर तरकारी बेच्ने गरेको जनाउनुभयो । पहिला सानो करेसाबारीदेखी शुरु गरेको हुँ, अहिले म १ विघा क्षेत्रफलमा तरकारी खेती गर्दछु । साथै उहाँले मासिक ८०— ८५ हजार आम्दानी गदर्छु थारुले बताउनुभयो ।
१५ वर्ष अघिदेखी लगातार खेती गरिरहेको छु, साथै उहाँ भन्नुहुनछ म बाँच्दासम्म पनि यही तरकारी खेती गर्छु । ववई गाउँपालिकावाट मलाई ४ लाख अनुदान प्राप्त भएको छ अनि दलित सेवा संघले विउविजन उपलब्ध गराएको छ, सहयोगीहरुप्रती धेरै—धेरै धन्यवाद व्यक्त गर्दछु थारुले भन्नुभयो ।
कृषी खेतीमा होमीएका थारुको जिवनबाट हामीले मेहनत र लगनशीलताले नै मानिस सफल हुन सक्छ भन्ने शिक्षा लिन सक्छौ । काम गर्न कठिन छ, तर गर्न नै नसकीने असम्भव भन्ने पनि छैन ।।