५, चैत ।

रूकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१२ राङ्सीबाट रूकुमकोटतर्फ जाँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर गरखानीमा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भिर घाईते भएका मध्ये एक जनाको जिल्ला अस्पताल रुकुममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ ।

अन्य दुई जना मध्ये एक जनालाई थप उपचारका लागी बाँकेको नेपालगन्ज रिफर गरिएको छ । मृतक तथा घाईतेहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले बताएको छ । ट्याक्टर ब्याक गर्ने क्रममा सडकबाट झन्डै २०० मिटर तल खसेर दुर्घटना भएको बताईएको छ । चालक, गाडी धनी सहित चार जना सवार रहेकोमा गाडी धनी सम्पर्क विहिन, चालक फरार भएकाले मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर