५, चैत ।

पश्चिम दाङको बबई गाउँपालिकामा आउदो बैषाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा जम्मा २२ हजार ३ सय ६६ जना मतदाता मतदान गर्न योग्य रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचनको अघिल्लो दिन बैषाख २९ गते सम्म १८ वर्ष उमेर पुरा भएका २२ हजार ३ सय ६६ जना मतदाताले मतदान गर्न पाउने निर्वाचन आयोग बबईका फोकल पर्सन मोहन दाहालले जानकारी दिनु भयो ।

 

फोकल पर्सन दाहालका अनुसार बबई गाउँपालिकामा जम्मा ११ वटा मतदान स्थल रहने बताईको छ । वडा नम्बर १, ५, ६ र ७ मा दुई दुई वटा र अन्य वडामा एक एक वटा गरि जम्मा ११ मतदान स्थल रहेको बताईएको छ । बबई गाउँपालिकामा सबै भन्दा धेरै मतदाताको संख्या वडा नम्बर ५ र सबै भन्दा कम वडा नम्बर १ मा रहेको छ । सबै भन्दा धेरै मतदाता भएको वडा नम्बर ५ मा पदमपुर मतदान स्थलमा १ हजार ८ सय ८८ र बबरपुर मतदान स्थलमा २ हजार १ सय ८८ गरि जम्मा ४ हजार ७६ जना मतदाता रहेका छन् भने सबै भन्दा कम मतदाता रहेको वडा नम्बर १ को जिला मतदान स्थलमा ६४६ र गंगटे मतदान केन्द्रमा १ हजार ७ सय ६६ गरि जम्मा २ हजार ४ सय १२ जना मतदाता रहेका छन् ।

 

त्यस्तै वडा नम्बर २ मा ३ हजार ५७ जना, वडा नम्बर ३ मा २ हजार ५ सय ५४ जना, वडा नम्बर ४ मा ३ हजार ६ सय ५ जना मतदाता रहेका छन । त्यस्तै वडा नम्बर ६ को कौसिलापुर मतदान स्थलमा १ हजार ६ सय ४ जना र कटकुईया मतदान स्थलमा १ हजार ८ सय ६४ गरि जम्मा ३ हजार ४ सय ६८ जना मतदाता रहेका छन् भने वडा नम्बर ७ को मलैखोला मतदान स्थलका ५ सय २५ र चरकमटिया मतदान स्थलका २ हजार ६ सय ६९ गरि जम्मा ३ हजार १ सय ९४ जना मतदाता रहेको फोकल पर्सन दाहालले बताउनु भयो । यस अघि करिव १७ हजारको हाराहारीमा रहेको बबई गाउँपालिकाको मतदाता संख्यामा बृद्धी भई २२ हजार नाघेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर