
३ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ मा जातिय छुवाछुत तथा लैंगिक हिंसा न्यूनिकरण सम्बन्धि कानुनी सचेतना तालिम सम्पन्न भएको छ । दलित कल्याण संघ दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमामा उक्त तालिम सम्पन्न भएको हो । चार दिनसम्म चलेको तालिमको विहीबार समापन भएको हो।


संस्थाका जिल्ला सचिब सन्तोष चनाराको अध्यक्षता तथा वडा अध्यक्ष लक्ष्मण चौधरीको प्रमुख आतिथ्य एवं वडा सचिव, संस्थाका केन्द्रिय अध्यक्ष एवं प्रशिक्षक मोतीलाल नेपालीको बिशिष्ट आतिथ्यमा भएको हो । कार्यक्रममा निबर्तमान कार्यपालिका सदस्य जानका रेग्मी,चित्रा मल्ल,लक्ष्मी घमाल र सहभागीको तर्फबाट मधुसूदन चौधरी र कल्पना चन्दले आफूले सिकेको सिपलाइ व्यबहारमा उतार्ने बताएका थिए । सहभागिहरुले कार्यक्रम समय सान्दर्भिक र ब्यबहारिक भएको बताएका थिए । तालीममा दलित ,जनजाति,ब्राह्मण,क्षेत्री गरि ३५ जनाको सहभागिता रहेको प्रशिक्षक मोतीलाल नेपालीले गरेका थिए । कार्यक्रमको सहजीकरण छबि परियारले गरेका थिए ।