
३ चैत, । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले सँग गठबन्धन हुने या नहुने नेपाली कांग्रेसको व्यवहारमा भर पर्ने बताउनु भएको छ ।
आज बिहीबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले तत्काल एमालेसँग सहकार्यको सम्भावना नरहेको बताउदै आफूहरु पाँचदलीय गठबन्धनमा रहेको भन्दै उहाँले तत्काल एमालेसँग सहमति हुने सम्भावना नदेखीएको बताउनु भयो । तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्ने उहाँले बताउनु भयो।

केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थालेको भन्दै उहाँले भाँुभयो, ‘कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन ।’
तर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हर हालतमा गठबन्धनलाई बचाएर जानुपर्छ भन्नेमा भएकाले त्यो एमालेसंग तालमेल गर्नेे परिस्थिति आउला भन्ने देखेको छैन ।’