
२८ फागुन ।
पश्चिम दाङमा धारिलो हतियार देखाएर धम्काउने ८ जना पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका ६ देविपुर घाट बबई नदिमा जेसेवी, ट्याक्टरका चालकहरुलाई धारिलो हतियार देखाएर धम्काएर रकम असुली गर्दै गर्दा उनिहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा शान्तिनगर – ५ का वर्ष २५ का उद्धव शाह, तुलसीपुर ७ का २२ बर्षीय बर्षात वली, रुकुम आठविसकोट ४ का २६ बर्षीय गणेश चन्द ठकुरी, तुलसीपुर ७ का २७ बर्षीय चन्द्र विष्ट, बबई ६ का २० बर्षीय उमेश चलाउने, सोहि ठाउँका २० बर्षीय दिपक विक १६ बर्षीय निश्चल बिक र सोहि ठाउँकै २३ बर्षीय सन्तोष केसीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरिक्षक नविन चुदाली मगरले जानकारी दिनुभयो ।

जेसेवी र ट्याक्टरका चालकहरुलाई धम्काएर रकम असुली गर्न खोजेको सुचना आधारमा गएको ईलाका प्रहरी कार्यालय खिलतपुरको टोलीले धारिलो हतियार तरवार सहित पक्राउ गरेको प्रहरी निरिक्षक चुदाली मगरले बताउनुभयो । अन्य ४, ५ जना भने भागेको छन् । उनिहरुको पनि खोजी कार्य भइरहको छ । ८ जनालाई ईलाका प्रहरी कार्यालय खिलतपुरले पक्राउ गरी ईलका प्रहरी कार्यालय तुलसीपुरमा बुझाएको छ ।
यस अघि पनि सोही समूहले बबईका कालितरा, ओदाले लगायतका बबई घाटमा धारिलो हतियार देखाएर धम्काउने गरेको पाइएको प्रहरीले बताएको छ । बबईका विभिन्न घाटमा बालुवाको ठेक्का टेण्डरको काम भइरहेको छ ।