२८ फागुन । राष्ट्रिय दलित पत्रकार संघ नेपाल दाङ शाखले मार्च २१ अर्थात जातिय उन्मुलन विरुद्धको दिवश मनाउने भएको छ । संघको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । संघका अध्यक्ष बसन्त परियारको अध्यक्षतामा बसेको बैठकले मार्च २१ लाई विविध कार्यक्रम गरि मनाउने निर्णय गरेको छ ।

जस अनुसार मार्च २१ अर्थात चैत ७ गतेका दिन जातीय विभेद अन्त्यको लागी सञ्चार माध्यमको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रम गर्ने संघले जनाएको छ । घोराहीको पत्रकार महासंघको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा विभेद अन्त्यको लागी सञ्चार जगतले खेलेको भुमिकाको समेत चर्चा गरिने भएको हो । त्यस्तै अघिल्लो दिन तुलसीपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । त्यसैगरी कार्यक्रम सफल पार्नका लागी एक समिति समेत निर्माण गरिएको छ । संघका बरीष्ठ उपाध्यक्ष गिरीराज नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजिकरण सचिव अर्जुन परियारले गर्नुभएको थियो ।

सन् १९६० मा दक्षिण अफ्रिकामा जातीय भेदभाव विरुद्ध निकालिएको शान्तीपूर्ण र्यालीमा प्रहरीले अमानविय दमन गर्दै निर्मम हत्या गरेको सम्झनामा दिवस मनाईने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेयता सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा दिवस मनाउने गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर