राम प्रसाद सुवेदी, २६ फागुन।

पश्चिम दाङको प्रगतिशील आबि पछिल्लो समय मुहार फेर्दै छ। २०५८ सालमा एउटा टहरा बाट निकै चुनौती बाट सुरु भएको बिद्यालय बिचमा आग्लागीबाट पुर्ण रुपमा जलेर नस्ट भएपछि मानापाथी संकलन गरेर फेरि सुरु भएको बिद्यालयले मुहार फेर्दै गएको बिद्यलयकी निमित्त प्राध्यापक खिम कुमारी वलीको अनुभव छ ।

पछिल्लो समय विभिन्न दात्री निकायको सहयोगले दाङकै नमुना बिधालयका रुपमा स्थापित भएको उहाँ बताउनुहुन्छ। बिधालय सञ्चालनका बिषयमा सबै शिक्षकहरुको सकारात्मक प्रतिक्रियाले बिद्यालय सञ्चालन सजिलो भएको बिद्यालयका प्रध्यानाध्यापक जित बहादुर केसीको भनाइ छ ।

 

बिद्यालयमा कक्षा ४ मा अध्यनरत छात्रा दिपा वलीले बिधालयमा शिक्षक शिक्षिकाले पढाइमा राम्रो ज्ञान दिनुभएको बताउनु भयो उहाँले शिक्षक शिक्षिकाले नबुझेको कुरामा सम्झाई बुझाई गर्दा आफू खुसि भएको बताउनुभयो । बिधालय ब्यबस्थापन राम्रो भएको बालबिकास कि शिक्षिका शुशिला डाँगी बताउनुहुन्छ ।। स्थानीय लक्ष्मि वलिले बिद्यालयमा पढाई अत्यन्तै राम्रो भएको बताउदै बिद्यालय बोर्डिङ स्कुल भन्दा कम नभएको बताउनु भयो।

स्थापना कालमै आग्लागी बाट सकिने अवस्थामा पुगेको बिद्यालयलाई फेरि सबैको सहयोगले पुनर्निर्माण गरि यहाँ सम्म पुर्याएको शिक्षक अविभावक संघका अध्यक्ष रिम बहादुर गाहा मगरको अनुभव छ । सबै कक्षाका भित्ताहरुमा टासिंएको सहयोगी सामाग्रीले पठनपाठनमा सहयोग पुगेको शिक्षक गम्बरसिंङ खड्का बताउनुहुन्छ। आग्लागीबाट सकिनै लागेको बिद्यालय पछिल्लो समय नमुना बिधालयका रुपमा स्थापित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर