
राम प्रसाद सुवेदी, २६ फागुन ।
बबई गाउँपालिकाले नयाँ कामका सुरुवात गरेको छ । २०४९ साल र २०५४ सालमा साबिकको पुरन्धारा गाबिस र पञ्चकुले गाबिसबाट निर्वाचन जितेका साबिकका जनप्रतिनिधीलाई सम्मान गरेको छ । साबिकका गाबिसबाट निर्वाचन जितेर गाबिस तथा वडा चलाएका जनप्रतिनिधीहरुको सम्मानका लागी कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीष्मकुमार मल्लले बताउनु भएको छ ।


सम्मान कार्यक्रममा बोल्ने सबै साबिकका जनप्रतिनिधीहरुले पच्चीस तीस बर्ष पुरानो कुरा सम्झेर गाउँपालिकाले गरेको सम्मान प्रती खुसि ब्यक्त गरेका छन्। तत्कालीन पुरन्धारा र पञ्चकुले गाउँ बिकास समितिका २०४९ र २०५४ सालको स्थानिय निकायको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाइ सम्मान कार्यक्रममा बोल्दै पुर्व जनप्रतिनिधिहरुले गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रमले बर्षौ पुराना सहकर्मी भेटिएकोमा खुसि ब्यक्त गरेका छन् । साबिका गाबिसको निर्वाचनमा निर्वाचित ११६ जना पुर्व जनप्रतिनिधिहरुलाइ दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रम गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । गाउँपालिका उपाध्यक्ष साबित्रा बिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पुर्व जनप्रतिनिधि कर्ण बहादुर वली, रुद्र बहादुर डाँगी, गंगाराम खत्री, गादिराम वली, मान बहादुर आले, कृष्ण बहादुर चौधरी, डम्बर बहादुर बस्नेत, प्रेम बहादुर खत्री, टेक बहादुर वली लगायतकाले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन बबई गाउँपालिका प्रेस संयोजक प्रेम बहादुर राम्जाले गर्नुभएको थियो