२६,फागुन ।
शान्तिनगर गाउँपालिका वडा नम्बर २ का महिलाहरु अहिले डल बनाउने तालिम लिईरहेका छन् । वडा नम्बर २ का १५ जना महिलाहरुले गाउँपालिकाको अर्थिक सहयोग तथा ईनोभेटिभ सर्भिस कन्सल्ट प्रालिले आयोजना गरेको ९० घण्टा अर्थात १५ दिने डल तथा कुसन निर्माणको तालिम लिई रहेका छन् ।

बच्चाहरुका लागी खेलौना र घर सजावटका लागी कुसनको निर्माण गर्ने तालिम पस्चात आत्म निर्भर बन्न सकिने तालिममा सहभागी महिलाहरुको अपेक्षा छ । आत्म निर्भर बन्ने अपेक्षा सहित तालिममा सहभागी भएका महिलाहरुले १५ दिनको तालिममा ५ प्रकारका डल र कुसन बनाउन सिक्ने छन् । तालिमबाट खरायो, सानो र ठुलो टेडी, कुकुर लगाएतका खेलौना र घर सजावटको लागी कुसन बनाउन सिकाईने तालिमकी प्रशिक्षक रेशु योगीले बताउनु भयो ।

हापुरे खबर संग कुरा गर्दै प्रशिक्षक योगीले भन्नु भयो, खेलौनाहरुको वजार राम्रो छ, ब्यबसायिक रुपमा गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ । एउटा डल २५० देखी ५ सय सम्म र कुसन ७ सय सम्ममा बिक्रि हुने बताउदै राम्रो सामान उत्पादन गरे महिलाहरु यसबाट आत्म निर्भर बन्न सक्छन ।

तालिममा सहभागी भएकी शान्तिनगर २ की सिता बिस्टका अनुसार तालिम सिकी सकेपछी सके सम्म १५ जनाले सामुहिक ब्यबसाय गर्ने सोच बनाएको बताउनु भयो । उहाँले धेरै महिलाहरुले बिभिन्न किसिमका तालिमहरु लिने तर सिके पछि ब्यबसायमा नलागेको उदाहरण बताउदै आफुहरुले भने सिकेको सिपलाई ब्यबहारमा लैजाने र ब्यबसायिक बनेर आत्म निर्भर बन्ने बताउनु भयो । उहाँले सिप सिकेर महिलाले पनि जिविकोपर्जनका लागी ब्यबसाय मुलक काम गर्न सक्छन भन्ने उदाहरण समाजमा दिने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर