
रामप्रसाद सुवेदी, २५ फागुन ।
नेकपा एमालेका कार्यकर्तालाई बिना कारण डर, धम्की दिने जोसुकैलाई पनि नेकपा एमालेको युवा संगठनले बाँकि नराख्ने भन्दै आफ्ना कार्यकर्तालाई डराएर नबस्न नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य उपाध्यक्ष साबित्रा बिश्वकर्माले आग्रह गर्नुभएको छ । नेकपा एमाले बबई गाउँपालिकाका वडा नम्बर ५ को कार्यालय उद्घाटन तथा बृहत् कार्यकर्ता भेलामा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले आमगामी चुनावमा जसरी हुन्छ जित्ने गरि लाग्न सबै कार्यकर्तालाई आग्रह गर्नु भएको हो ।
कार्यक्रमका बिशिष्ट अतिथी नेकपा एमाले बबई गाउँपालिकाका ईन्चार्ज भुवनेश्वर पौडेलेले कार्यक्रममा बोल्दै नेकपा एमालेले बबईमा चुनाव जित्ने थुप्रै आधारहरु भएको बताउनु भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहितको ५ दलिय गठबन्धन मिलेरै चुनावी मैदानमा आए पनि बबई गाउँपालिकामा नेकपा एमालेले चुनाव जित्ने उहाँले दाबि गर्नुभयो ।


कार्यक्रममा बोल्दै उहाँले नेकपा एमाले सरकारकै पालामा बबईमा भुमि आयोग गठन गरि भुमिहिन सुकुम्वासीहरुलाई लालपुर्जा बितरण तयारी अवस्थामा भएकाले जिल्लामा आयोग गठन भएर शिफारीस भए लालपुर्जा बितरण गरेर नभए लालपुर्जा देखाएरै भए पनि जनता संग भोट माग्ने बताउनु भएको थियो । उहाँले गाउँपालिका भरीमै १२ सय खरका छाना बिस्थापित गरेको स्मरण गर्दै राम्रो काम गर्ने एमालेलाई जनताले जुनसुकै हालतमा पनि भोट दिने दावि गर्नुभयो ।
नेकपा एमाले बबई गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष शिव भण्डारीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य साबित्रा बिश्वकर्माको प्रमुख आतिथ्यता एवम नेकपा एमाले बबईका ईन्चार्ज भुवनेश्वर पौडेलको बिशिस्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु ज्ञान प्रसाद आईतवार ,एमाले बबई अध्यक्ष जित बहादुर वली, जिल्ला सदस्य राजकुमारी बुढा, नेकपा एमाले बबई गाउँकमिटी सदस्य शालिग्राम पौडेल, नेकपा एमाले बबई गाउँकमिटी सचिवालय सदस्यहरु धनशिङ खत्री, डम्बरबहादुर श्रीस लगायतकाले बोल्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरि ९ जनाले नेकपा एमालेमा प्रबेस गरेका थिए । कार्यक्रमको सहजिकरण नेकपा एमाले वडा नम्बर ५ का सचिव भागिराम सुनारले गर्नु भएको थियो।