२४, फागुन ।

दाङको बबई गाउँपालिका वडा नंं ७ चरकमटियामा संचालित ३ दिने महिला शसक्तिकरण तालिम समापन भएको छ । छहरा मिडिया प्रा.लि.को आयोजना तथा ७ नं. वडा कार्यालयको आर्थिक सहयोगमा संचालित ३ दिने महिला शसक्तिकरण तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको हो ।

छहरा मिडिया प्रा.लि.का निर्देशक प्रेम पुनको अध्यक्षता एवं वडा सदस्य लाल वहादुर वि.क.को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागि सुनिता बस्नेत, सुनिता आचार्य, आरती चलाउने, कल्पना केसी, अरुणा चौधरी, आशा केसी लगातले बोलेका थिए ।
कार्यक्रममा सहभागि महिलाहरूले आफ्नो हक अधिकार सुनिश्चितताका लागि अगाडि बताएका थिए । घरको चुलो चौकोमा मात्र सिमित नभएर विभिन्न क्षेत्रमा सक्रिय लाग्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।

३ दिने महिला शसक्तिकरण तालिममा विभिन्न टोलका महिला पुरूष गरी ३० जनाको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा कुल वहादुर चौधरी, बालुराम चौधरी रहनु भएको थियो । कार्यक्रमको सहजिकरण टोप वहादुर चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर