
राम प्रसाद सुबेदी २४, फागुन ।
सामाजिक न्याय र लैङ्गिक समानता दिगो बिकासको शुनिश्चितता भन्ने मुल नाराका साथ दाङको बबई गाउँपालिकाको हापुरेमा ११२ आंै अन्तर्राष्ट्रिय महिला दिवस बिबिध कार्यक्रम गरि मनाईएको छ । एकल लोक गित प्रतियोगिता संगै महिला जनप्रतिनिधिका लागि कुर्सी दौड प्रतियोगिता गर्दै ११२ ओैं अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको हो ।
बबई गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा विभिन्न आधा दर्जन बढि संघसंस्थाको संयुक्त सम्वनयमा कार्यक्रम सम्पन्न भएको हो । बबई गाउँपालिका उपाध्यक्ष साबित्रा बिश्वकर्माको अध्यक्षता तथा बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यता एवम बबई गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत भीष्म कुमार मल्लको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा दलित सेवा संघका दाङ अध्यक्ष लिला बिस्वकर्मा, कार्यक्रम अधिकृत छबी परियार, आइएनएफका कृष्ण वलि तथा अन्य संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा एकल लोक गित र महिला जनप्रतिनिधिका कुर्सी दौड तर्फ प्रथम दृतिय र तृतीय स्थान हासिल गर्नेलाई नगत र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो भने कार्यक्रममा ¥याली र झाकि जुलुस प्रस्तुति सहित उपस्थित हुने विभिन्न महिला समूह आमा समुह, कृषी समूह लगायतलाई धन्यवाद ज्ञापन संगै पुरस्कृत गरिएको थियो । त्यस्तै बबई गाउँपालिकाका ३ जना सामाजिक महिला अभियान्ताहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण बबई गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख ईश्वरा रावतले गर्नुभएको थियो ।