२३, फागुन ।
सल्यानको कालिमाटि गाउँपालिका गाउँकार्यपालिकाको प्रसाशनिक भवन र वडा नं. ३ को प्रसाशनिक भवन बिधिवतरुपमा उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष दानबहादुर केसी, गाउँपालिका उपाध्यक्ष सनसिल्ता वली डिसी र प्रमुख प्रसाशकिय अधिकृत हरिबहादुर खत्रीले प्रसाशनिक भवन उद्घाटन गर्नु भएको हो ।

 

पालिकाको भवन निर्माण सम्पपन्न भएपछि प्रसाशनिक कामकाजमा सहजता आउने गाउँपालिकाका अध्यक्ष केसीले बताउनु भएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले साघुरो ठाउँमा सञ्चालन हुदै आएको गाउँपालिकाको दैनिक कामकाज अब फराकिलो तरिकाले सेवा प्रबाह गर्ने बताउनु भएको छ । स्थानिय तहको निर्वाचन पछि गाउँपालिकाको मुहार फेरीएको बताउनदै अध्यक्ष केसीले प्रसाशनिक भवनको निर्माण धेरै उपलब्धी मध्यको ठुलो उपलब्धी भएको समेत बताउनु भयो । त्यस्तै उपाध्यक्ष डिसीले गाउँपालिकाले सबै वडाका आफ्नै भवन निर्माण गर्न सफल भएको बताउनु भएको छ । उहाँले कालिमाटि गाउँपालिकामा आफुहरु निर्वाचन जितेर आएपछिको कार्यकाल सफल रहेको अनुभुती गरेको बताउनु भएको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रसाशकिय अधिकृत हरिबहादुर खत्रीले सबै वडाका वडा कार्यालय, गाउँपालिकाको प्रसाशनिक कार्यालयको निर्माणले सेवा प्रबाहमा सहजता आएको बताउनु भयो । उहाँले गाउँपालिकामा देखिने गरि गरेका कामले कालिमाटी गाउँपालिकाका जनप्रतिनिधीहरुले सफलता पाएको समेत बताउनु भयो । सोमबार बिधिवतरुपमा उद्घाटन भएको भवनबाट छिट्टै सेवा सुचारु गर्ने समेत अधिकृत खत्रीे बताउनु भयो

कालिमाटी गाउँपालिकाका सबै वडाका भवनहरु निर्माण भई सकेका छन् । केही वडा कार्यालयहरुले आफ्नै भवनबाट सेवा दिईरहेका छन् भने केही वडा कार्यालयहरु सर्ने तरखरमा रहेका छन् । बिभिन्न स्थानिय झाँकी सहित कार्यालयको बिधिवतरुपमा उद्घाटन गरिएको बताईएको छ । उद्घाटन कार्यक्रममा स्थानिय राजनितीक दलका प्रतिनिधी, स्थानिय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रममा जनता संग जनप्रतिनिभी शिर्षकमा अन्तक्रिया समेत भएको गाउँपालिकाका सुचना अधिकारी बिष्णु भन्डारीले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर