फागुन, २३ ।
नेकपा एमाले नेता साबित्रा बिश्वकर्माले अब चुनाव केन्द्रित कार्यक्रममा लाग्नु पर्ने बताउनु भएको छ । एमाले केन्द्रिय लेखा आयोगकी सदस्य समेत रहेका बिश्वकर्माले पार्टिको सबै शक्ति चुनाव केन्द्रित कार्यक्रममा लाग्नु पर्ने बताउनु भएको छ । दाङको बबई गाउँपालिकामा आयोजना भएको कार्यालय स्थापना तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बिश्वकर्माले आगामी बैषाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा जनताले चाहेअनुसारको उम्मेदवार वनाएर चुनावमा विजयी हुने दिशा तिर लाग्नु पर्ने समेत बताउनु भयो । उहाँले एमालेलाई अहिले गठबन्धनको नाममा घेराबन्दी गरेको भएपनि एमाले फेरी पनि देशको ठुलो पार्टि बन्ने जिकिर गर्नु भयो ।

एमाले जनताको पार्टि भएकाले जनतामा एमाले प्रतिको बिश्वास कायमै रहेको र यो बिश्वासलाई बचाई राख्न सबै संगठित सदस्य लागि पर्नुपर्ने बताउनु भयो । त्यसतै नेकपा एमालेका दाङजिल्ला अध्यक्ष हुकुम बस्नेतले निर्वाचन नजिकिदै गै रहेकाले सबै नेता तथा कार्यकर्ता जनतालाई सचेत गराउन तर्फ लाग्नु पर्ने बताउनु भएको छ ।

नेकपा एमाले बबई वडा नं. ४ को पार्टि कार्यालय उद्घाटन तथा बृहत कार्यकर्ता भेला कार्यक्रम वडा अध्यक्ष नारायण परियारको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य साबित्रा बिश्वकर्माको प्रमुख आतिथ्यता एवम नेकपा एमाले जिल्ला अध्यक्ष हुकुम बस्नेत र जिल्ला सचिव मनोहर बुढाथोकीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण वडा सचिव जिवन वलीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर