
रामप्रसाद सुवेदी, २२ फागुन। दाङको बबई गाउँपालिकामा हात्तीपाइले रोग विरुद्ध अभियान अन्तर्गत गाउँपालिका स्तरीय वहुनिकाय गाेष्टी हापुरेमा सम्पन्न भएकाे छ। बबई गाउँपालिका स्वास्थ शाखाको आयाेजनामा सञ्चालित गाेष्टिमा दाङमा आगामि फागुन २८ गतेदेखि सञ्चालन हुने १२ ओैं हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रमका बिषयमा छलफल गरिएको थियाे।
लागातार ६ वर्षसम्म खाने औषधी सबै नागरिकले सेवन नगर्दा १२ औँ पटकसम्म पनि औषधी खुवाउनु परेको बबई गाउँपालिकाका स्वास्थ शाखा प्रमुख हेमराज वलीले
जानकारी दिनुभयाे । दाङका अन्य स्थानीय निकायभन्दा बबई गाउँपालिकामा औषधी सेवन गर्नेको संख्या धेरै भए पनि अझै सरकारले तोकेको १ प्रतिशत भन्दा कम रोगी हुनुपर्ने लक्ष्य पूरा गर्न यो पटक पनि आभियान सञ्चालन गर्नुपरेको प्रमुख वलीकाे भनाइ रहेको थियाे।


कार्यक्रममा हात्तीपाइलेका जिवाणु भएका व्यक्तिमा औषधि सेवनपछि केही समस्या देखिने जानकारी गराउँदै गर्भवती,२ वर्ष मुनिका बालबालिका, दीर्घरोगी र लामो समय औषधी सेवन गर्ने व्यक्ति बाहेक सबैले अनिवार्य औषधी सेवन गर्न प्रमुख वलीले आग्रह गर्नुभयाे। यश वर्ष पनि स्वास्थ्यकर्मीहरु घर–घरमै पुगेर प्रत्यक्ष आफ्नै निगरानीमा सबैलाई औषधी खुवाइने कार्यक्रम तय भएको छ।
कार्यक्रममा बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधीकृत भीष्म कुमार मल्ल,स्वास्थ शाखा प्रमुख वली,उपप्रमुख शरदराज गिरी, गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख इश्वरा रावत सबै वडाका वडाअध्यक्ष तथा स्वास्थ कर्मी टाेली, प्रहरी र पत्रकार लगायतको उपस्थिती रहेको थियाे।