२१, फागुन ।
बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले सहकारी सम्बृद्धी र आत्म निर्भरताको बलियो आधार भएको बताउनु भएको छ । उहाँले आज हापुरेमा सम्पन्न बबई सामाजिक उद्यमी महिला सहकारी संस्था को प्रथम साधारण सभामा बोल्दै यस्तो बताउनु भएको हो ।

सहकारीले समाज बिकासमा टेवा पु¥याउने बताउदै सहकारीको माध्यमबाट समृद्धी ल्याउन सकिने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका अध्यक्ष पौडेलले यो सहकारीले बबई गाउँपालिकाका महिलाहरुलाई आत्म निर्भर बनाउनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथी बबई गाउँपालिका उपाध्यक्ष साबित्रा बिश्वकर्माले महिलाहरुले आत्म बिश्वास बढाउदै सहकारीबाट लाभ लिनु पर्ने बताउनु भयो । उहाँले महिलाहरुका लागी यो सहकारी एउटा अबसर भएकाले यसले महिलाहरुको नेतृत्व बिकासमा महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताउनु भयो ।

त्यस्तै बिशिष्ट अतिथी बबई गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत भीष्मकुमार मल्लले गाउँपालिका र हेफर ईन्टनेस्नल नेपालले बबईका महिलाहरुको उत्थानका लागी महत्वपुर्ण काम गरेकाले यसलाई समृद्धी संग जोड्न सके फाईदा हुने बताउनु भयो । उहाँले कार्यक्रममा बोल्दै सहकारीको माध्यमबाट महिलाहरुको दैनिकीमा बदलाप ल्याउने बताउनु भयो ।

 

कार्यक्रम सहकारीकी अध्यक्ष हिरा नेपालीको अध्यक्षतामा भएको थियो । सहकारी सस्थाको प्रथम अधिबेशनले हिरा नेपालीको अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरेको छ । साधारण सभाबाट लेखा समिति समेत गठन गरिएको शिशिर बिश्वकर्माले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर