बालकृष्ण पाण्डे, २१ दाङ ।

नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयोजक छविलाल विश्वकर्माले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको बताउनु भएको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पत्रकारहरुले कलम चलाउनुपर्ने बताउनु भएको हो ।ञस्थानीय तहको निर्वाचनमा पहिलो शक्ति बन्नेगरी संकल्पका साथ अघि बढेका छौं उहाँले भन्नुभयो(चुनाव केन्द्रित पत्रकारीतामा जुट्नुस ।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनको दाङको मौरीघाटमा उद्घाटन गर्दै उहाँले भ्रमपूर्ण काम चिर्नका लागि मिडियाको भुमिका महत्वपूर्ण हुने बताउनु भएको हो ।

स्थानीय तहको निर्वाचन सहित प्रदेश र संघको चुनावमा प्रेस चौतारीको भुमिका महत्वपुर्ण हुनुपर्ने हुने र निर्वाचन केन्द्रीत भूमिकामा जुट्न आग्रह गर्नु भएको छ ।

अहिलेको आवश्यक्ता संरचनालाई अध्यावधिक गर्नुपर्ने र एकीकृत हुनुपर्ने बेला आएको भन्दै उहाँले यतिबेला कामको समीक्षा निर्मम रुपमा गर्नुपर्ने भन्दै नराम्रो कामलाई छाडेर अब सकारात्मक काममा लाग्नुको विकल्प नभएको बताउनु भयो । कार्यक्रममा बोल्दै केन्द्रीय पोलिटब्यरो सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज सुर्य थापाले अवको पत्रकारिता विकास केन्द्रीय हुनुपर्नेभन्दै पत्रकारले विकासका मुद्दामा जोडदिनु गर्ने बताउनु भयो ।

कार्यक्रम बोल्दै नेकपा एमाले केन्द्र ससदस्य गंगा चौधरीले सरकारले गरेका विभिन्न विकास निर्माणका काम मा विशेष योगादान दिनका लागि आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले प्रेस स्वतन्त्रताका लागि पत्रकारले कलम चलाउनुपर्ने बताउनु भयो । कार्यक्रममा मोहन चापागाईं, प्रदिप आचार्य, अमृत गिरी, सविन प्रियशन लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

प्रेस चौतारी लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थिले पत्रकार महासंघ आफैमा विकृत भएको भन्देै अब सुद्दिकरणमा लाग्नुपर्न बताउनु भयो ।

प्रेस चौतारी नेपाल लुम्बिनीले संगठनका अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । अग्रज पत्रकार सम्मानको रुपमा पुर्व उपाध्यक्ष मोहन चापागाईं, शरद अधिकारी र पुर्व कोषाध्यक्ष अक्षरी पोखरेल लाई सम्मान गरेको छ ।

यस्तै चौतारी लुम्बिनी ले उत्कृष्ट पत्रकार सम्मानको रुपमा रुपन्देही शाखाबाट बुटवल टुडे दैनिकका बरिस्ठ संवाददाता कृष्ण खनाल, बाँकेबाट विश्वराज पंछांग्या, दांगबाट रन्जिता अधिकारी, पाल्पाबाट कृष्णप्रसाद पोखरेल, कपिलवस्तुबाट गिता पौडेल, नवलपरासीबाट मोहन पौडेल, अर्घाखाँची बाट नवीन केसि र रुकुमबाट महेश केसि नगद सहित पुरस्कृत हुनु भएको छ ।

यस्तै उत्कृष्ट शाखाको रुपमा रुपन्देही शाखा र दांग शाखा पुरस्कृत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर