
२१, फागुन ।
राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने भएको छ । दाङ तुलसीपुरको चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले यो सडक खण्ड १० दिन बन्द हुन लागेको बताइएको छ ।
भोलि देखि चैत १ गतेसम्म सडक खण्ड बन्द हुन लागेको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले बताउनु भयो । कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम हुने उहाँले बताउनु भयो ।

खड्काका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ । दोस्रो सिफ्टमा बिहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म र तेस्रो सिफ्टमा साँझ साढे ५ बजे देखि ८ बजे सम्म मर्मतको काम हुनेछ । यही समयावधिमा गाडी आवागमन रोकिने खड्काले जानकारी दिनुभयो ।